अस्ट्रेलियाको औषधि नियामक निकायले अनुमति दिएको खोप लगाएका विद्यार्थी न्यु साउथ वेल्स भित्रँदा क्वारेनटिन बस्न नपर्ने भएको छ ।
राज्य सरकारले गरेको नयाँ घोषणाले यहाँ भित्रने खोप लगाएका अन्य मानिस सरह नै बिद्याथीलाई पनि राखेको छ ।
न्यु साउथ वेल्सको विद्यार्थी भित्राउने परियोजना अन्तर्गत पहिलो चाटर्ड विमान सिड्नीमा ६ डिसेम्बरमा अवतरण गर्नेछ ।
उक्त विमानमा इन्डोनेसिया,सिंगापुर,भियतनाम,दक्षिण कोरिया,चीन, क्यानडा लगायतका १५ देशका २ सय ५० विद्यार्थी आउने बताइएको छ ।
दोस्रो चार्टड विमान मार्फत भने दक्षिण एसिया र भारतका बिद्यार्थीहरु आउने बताइएको छ । त्यसमा नेपाली बिधार्थी पनि पर्ने अनुमान गरिएको छ।
विश्वविधालयले यसको निर्णय गर्ने भएकाले कति जना नेपाली विद्यार्थी पहिलो चरणमा पर्छन यसका बारेमा अधिकारिक जानकारी आएको छैन।
राज्यका प्रिमीयर डेमीनीक पेरोटेले न्यु साउथ वेल्सलाई विश्व सँग जोड्न अन्तर्राष्ट्रिय बिद्यार्थीहरुले ठुलो भुकीका खेल्ने बताएका छन् ।
महामारी अघि करिब २ लाख ९० हजार अन्तर्राष्ट्रिय विद्यार्थी राज्यमा रहेको र उनीहरूले करिब ९० हजार रोजगारलाई समर्थन गरेको बताए ।
“म हाम्रो समुदायको यस्तो महत्त्वपूर्ण भागलाई स्वागत गर्न आतुर छु, “उनले भनेका छन् ।
डिसेम्बरबाट चरणबद्ध रूपमा अन्तर्राष्ट्रिय बिद्यार्थीहरु न्यु साउथ वेल्स आउने बताइएको ।
प्रतिक्रिया