Uncategorized

अध्यागमन मन्त्री एलेक्स हक्सद्वारा नेपालीहरूलाई बढादशैंको शुभकामना

सङ्घीय अध्यागमन मन्त्री एलेक्स हक्सले नेपालीहरूको महान् चाड बढादशैंको अवसरमा शुभकामना सन्देश दिएका छन् ।


२९ आश्विन २०७८, शुक्रबार, ,

0
Shares

बिहिबार उनको कार्यालयले जारि गरेको एक बिज्ञप्तिमा  मन्त्री हकले एकता र आनन्दको प्रतिकका रूपमा रहेको बढादशै एक साथ भेला हुने समय भएको असत्य माथि सत्यको विजयको प्रतिकका रूपमा रहेको भन्दै सम्पूर्ण नेपालीको समृद्धिको कामना गरेका छन् ।

“बढादशैंको उपलक्ष्यमा अस्ट्रेलिया र बिश्वर रहेका नेपालीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु ” विज्ञप्तिमा मार्फत मन्त्री हकले भनेका छन् ।

“यस उत्सवको समयमा ,मलाई फेरी एक पटक यस्ता अवसरहरूको महत्त्वको सम्झना आउँछ,जुन हाम्रो राष्ट्रलाई समृद्ध बनाउने जीवन्त सांस्कृतिक विविधताको भाग हो ” उनले भने ।

कोही कोहीले पर्वमा एकसाथ भेला हुने अवसर प्राप्त गरेता पनि कतिपयले आफन्त र प्रियजन सँग अनलाइन मार्फत भए पनि खुसी साटासाट गर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ का दौरान सुरक्षाका लागि नेपाली समुदायले गरेको समर्पणको प्रशंसा पनि उनले गरे ।
“घरमै बस्नु र खोप लगाउनु हाम्रो समुदायका लागि ठुलो सम्मान र दयाको कार्य हो,यसले हामी सबैलाई सुरक्षित राख्छ ”उनले भने ।

सदाझैँ कोभिड–१९ को चुनौतीलाई सामना गर्न र समय आएपछि पुन: साथी भाइ र आफन्त सँग भेटघाट गरी दसैँ मनाउन सकिने पनि उनको विज्ञप्तिमा उल्लेख गरिएको छ

Alex Hawke, Immigration minister
Alex Hawke, Immigration minister.

प्रकाशित : २९ आश्विन २०७८, शुक्रबार, ,