अष्ट्रेलिया

के कोभिड–१९ महामारी पछि अस्ट्रेलियामा बसाई सराइले तीव्रता पाउला


२८ आश्विन २०७८, बिहिबार, ,

0
Shares

कोभिड १९ महामारी सुरु भएको करिब १८ महिना पछि अस्ट्रेलियाले आफ्नो अर्थतन्त्रलाई पुन जागृत गराउँदै गर्दा पाँच वर्षको दौरान करिब २० लाख मानिसहरू भित्राउने सरकारी योजना छ ।

करिब तिन महिनाको लकडाउन पछि ग्रेटर सिड्नीमा आर्थिक गतिविधि सुरु भएका छन् । जसको परिणाम व्यवसायीहरू यतिखेर उत्साहित देखिएका छन् । यद्यपि भाइरसको डर यथावत् नै रहेकाले कुनै पनि क्षण यो उत्साह दुखमा परिणत हुन सक्छ ।

गत वर्षको मार्च महिना देखि बन्द रहेको अन्तर्राष्ट्रिय सिमाना कारण व्यवसायहरूले दक्ष कामदारको चरम अभाव भोगिरहेका छन् ।

त्यसको परिणाम केही नेताहरूले अन्तर्राष्ट्रिय सीमालाई पुन खोलेर दोस्रो विश्वयुद्ध यताकै कम भनिएको आप्रवासनलाई पुन जागृत पार्नका लागि जोड दिइरहेका छन् ।IMG-5431

त्यसो भए अस्ट्रेलियामा यसको कस्तो प्रभाव पर्ला त ?

तथ्याङ्क विभागका अनुसार १२ महिने अवधिमा अस्ट्रेलियामा ३५ हजार ७ सय मानिसहरू थपिएका छन् या भनौँ त्यतिको सङ्ख्यामा जनसङ्ख्या वृद्धि भएको छ ।

बृद्धीदर केवल शून्य दशमलव १ प्रतिशत मात्र रहेको छ ।

अस्ट्रेलियाली बासिन्दाहरूको वार्षिक प्राकृतिक वृद्धि १ लाख ३१ हजार मानिसमा स्थिर छ ।

तर विदेशी बसाई सराइमा भने शुद्ध गिरावट आएको छ ।

यो ९५ हजार ३०० सय जनाले नकारात्मक बनेको छ ।

गत वर्ष भन्दा यो ३ लाख ३४ हजार ६ सय मानिसहरूले कमी हो ।

अस्ट्रेलियन नेशनल विश्वविद्यालय जनसंख्याबिद डाक्टर लिज एलन यस्तो गिरावट पहिलो चोटि देखेको बताउँछन् ।

“ अस्ट्रेलियाको इतिहासमै युद्धको समय देखि हाल कोभिड १९ का दौरान जुन जनसङ्ख्याको अनुपातमा कमी देखिएको छ ,यो पहिले कहिले देखिएको थिएन ” उनले भने ।

प्रकाशित : २८ आश्विन २०७८, बिहिबार, ,