Uncategorized

न्यू साउथ वेल्समा भोलि देखि प्रतिबन्धहरु थप खुकुलो हुने

सोमबार प्रतिबन्धहरु खुकुलो हुने न्यू साउथ वेल्समा आज ३ सय १ जनामा कोरोनाको स्थानीय संक्रमण पुष्टी भएको छ ।


VON

२५ आश्विन २०७८, सोमबार, ,

0
Shares

कोरोनाका कारण शनिवार राति ८ बजे सम्मको २४ घण्टे अबधिमा थप १० जनाले ज्यान गुमाएका छन् ।

हाल राज्यको अस्पतालमा ६ सय १९ जना कोरोनाका बिरामीले उपचार गराईरहेका छन् ।

ति मध्ये १ सय ३७ जना सघन उपचार कक्ष (आइ सि यु ) मा रहेका छन् ।

हाल राज्यमा ९२ प्रतिशत १६ बर्ष माथीका बयष्कले खोपको पहीलो मात्रा लगाईसकेका छन् ।

८० प्रतिशत भन्दा बढीले खोपको दुबै मात्रा लगाएका छन् ।

भोलि सोमबार देखि प्रतिबन्धहरु खुकुलो हुदैछन् ।

२० जना घर भित्र भेला हुन पाउनेछन् भने घर बाहीर ५० जना सम्म भेला हुन पाउनेछन् ।

नोभेम्बर महीना देखि दुबै खोप लगाएकाहरु क्वारेनटीन बिनाको अन्र्तराष्ट्रिय यात्राका लागि योग्य हुनेछन् ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार, ,